काठमाडौं । र्यापर जेम्स जिम्बा तामाङको र्याप रहेको गायक दिपक थिङ तामाङको ‘ल्होछार मेला’ बोलको गीत बजारमा आएको छ । म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलमार्फत उक्त गीत बजारमा ल्याएको हो ।
सुनिल लोप्चनको शब्द र कर्साङ लामाको मिक्सिङ तथा संगीत रहेको छ । बाबु जिम्बाले निर्देशन,सम्पादन र कलर गरेको भिडियोमा डोमा ह्योल्मो, अमिर दोङ, बाबु जिम्बा, हरिलाल तामाङ, दावा शेर्पा, पेमा शेर्पा, अविना गोले, मैच्याङ, नम्रता दोङ र बाल कलाकार मेरिना जिम्बाको अभिनय समेटिएको छ।