‘कर्मको पासो’ : फरक अवतारमा देखिए अभिनेता शेखर सुवेदी (भिडियो)

  • प्रकाशित मिति : January 4, 2023
  • धनसञ्चार

काठमाडौँ । अभिनेता शेखर सुवेदी अभिनित ‘कर्मको पासो’ बजारमा आएको छ । अभिनेता सुवेदीलाई भिडियोमा यमराजको अवतारमा देख्न सकिन्छ । एम बि कृयाशनको युटुब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो । फेशन शोबाट चलचित्र क्षेत्रमा छिरेका उनले अभिनयमा डिप्लोमा गरेका छन् । गाजाबाजा, निर्भय, चीँ मुसी चीँ लगायतका फिल्म र एक दर्जनबढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन उनले ।

मनिश वशिष्टको शब्द, रोमी बसिस्टको संगीत, संगीत सयोजन र संगीतमा तयार भेको गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन । मनिश वशिष्टको कथा र स्क्रिनप्लेमा तयार भएको गीतको म्युजिक भिडियोलाई उतम हुमागाइले छायांकन,हरी हुमागाइले निर्देशन गरेका हुन । मनिश वशिष्ट र प्रविन श्रेष्ठले सम्पादन र कलर गरेको म्युजिक भिडियोमा अभिनेता शेखर सुवेदी, सुवर्ण श्रेष्ठ र करिनाको अभिनय समेटिएको छ ।