तामाङ मेगास्टार कुमार मोक्तान र रोहनी लामा अभिनित ‘अल्लारे सोझो म्ही’ सार्वजानिक

  • प्रकाशित मिति : January 3, 2023
  • धनसञ्चार

काठमाडौँ । तामाङ मेगास्टार कुमार मोक्तान अभिनित ‘अल्लारे सोझो म्ही’ बजारमा आएको छ । ओेएसआर डिजिटलबाट शुक्रवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । तामाङ मेगास्टार कुमार मोक्तान वर्तमान तामाङ चलचित्र संघका अध्यक्ष समेत हुन ।

प्रतिक मोक्तानले लेखेको उक्त गीतलाई जोगलाल लामाले संगीत र संगीत संयोजन गरेका हुन । गायक प्रकाश लामा र गायिका बिना घलेको आवाज रहेको गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।

अजय स्याङ्तानको निर्देशनमा बनेको उक्त भिडियोलाई नरेन मोक्तानले कोरियोग्राफी, बिक्रम मोक्तानले छायांकन, राजेन्द्र मोक्तानले कलर गरेका हुन । भिडियोको तामाङ मेगास्टार कुमार मोक्तान र रोहनी लामाको अभिनय रहेको छ ।