अडिसनबाट कलाकार छान्दै ‘छड्के २ ’ टिम

  • प्रकाशित मिति : April 25, 2022
  • धनसञ्चार

काठमाडौँ– निर्माण नहुँदै दशैँमा प्रदर्शन मिति घोषणा गरिएको सिक्वेल फिल्म ‘छड्के’ ले कलाकार मागेको छ । सुटिङको सुरसार गर्दै मार्सल आर्ट्स सीप भएका कलाकार चाहिएको भन्दै सामाजिक सञ्जालमा फ्लायर सार्वजनिक गरेको निर्माण टिमले सबै उमेरका समूहका कलाकारको खोजी गरेको जनाएको छ । ग्याङस्टर विधाको फिल्मका लागि धेरै कलाकार चाहिने भएकाले सम्भवतः निर्माण टिमले अडिसनबाटै ती कलाकार छान्न लागेको हो ।

यस्तै निर्माण टिमले फिल्ममा राजेश हमाल, सुनिल थापा लगायतका अभिनेतालाई कास्ट गर्न कसरत समेत बढाएको । यद्यपि तय केही भइसकेको छैन । ‘छड्के’ रिलिजअघि प्रशस्त हाइप पाएको फिल्म मध्ये एक हो ।

लामो समयसम्म पहिलो दिन सबैभन्दा ज्यादा ग्रस गर्ने फिल्मको रुपमा अंकित थियो । फिल्मले रिलिजपछि भने तालीभन्दा ज्यादा गाली पाएको थियो । त्यसपछि ‘लालपूर्जा’ बनाएका निगम श्रेष्ठले ‘छड्के’ को सिक्वेल बनाउन लागेका हुन् ।