‘दोर्जे डन ब्याक अगेन’ले रच्यो इतिहास

  • प्रकाशित मिति : April 20, 2022
  • धनसञ्चार

काठमाडौँ । तामाङ मेगास्टार कुमार मोक्तान र नायिका सिता लामा अभिनित तामाङ कथानक चलचित्र ‘दोर्जे डन ब्याक अगेन’ युटुबको ४४ ट्रेण्डिङमा आएको छ । ओेएसआर डिजिटलबाट सार्वजानिक गरिएको उक्त चलचित्र युटुबमा अपलोड गरेको ४ दिनपछी युटुबको ४४ ट्रेन्डिङमा आएको हो । उक्त चलचित्रले तामाङ इतिहास मै पहिलोपटक युटुब ट्रेन्डिङमा आएको चलचित्रमा नाम दर्ता गर्न सफल भएको छ । यो चलचित्रको समाचार तयार पार्दासम्म युटुबमा उक्त चलचित्रलाई १ लाख ४३ हजार ५७९ बढी दर्शकले हेरिसकेका छन् ।

अहिले कुनै पनि प्रकारको भिडियो,चलचित्र युटुबको ट्रेण्डिङमा पर्‍यो भने त्यसले खास अर्थ राख्छ । किनकी, युटुबले नेपालमा पनि ट्रेन्डिङको सुरुवात गरेपछि अहिले भिडियो बनाउनेहरु आफ्नो सामाग्री कती हिट भैरहेको छ भनेर थाहा पाउन उत्सुक हुन्छन् ।

तामाङ मेगास्टार कुमार मोक्तानले दर्शकको मायामा कारण युटुबको ट्रेण्डिङमा आएको बताएका छन । ‘दर्शकको मायाको कारण तामाङ इतिहासमा नै पहिलोपटक ‘दोर्जे डन ब्याक अगेन’ युटुबको ४४ ट्रेण्डिङमा आएको छ । हामी र हाम्रो टिम खुशी छौ ।’ उनले भने । मोक्तानले थप हौसला मिलेको समेटा बताए ।

तामाङ मेगास्टार कुमार मोक्तान तामाङ चलचित्र संघका वर्तमान अध्यक्ष समेत हुन ।

सक्सेस फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रलाई भगवती मोक्तानले निर्माण गरेका हुन । निर्माता मोक्तानका अनुसार आफु एकदमै खुशी रहेको बताएकी छिन । ‘तामाङ इतिहासमै पहिलोपटक ‘दोर्जे डन ब्याक अगेन’ चलचित्र युटुब ट्रेण्डिङमा आएको छ । यो एकदमै गर्वको कुरा हो । म एकदमै खुशी छु ।’

उनले कोरोना महामारीको कारण एकपटक मात्रै च्यारिटी शो गर्न सफल भएको बताएकी छिन् । अब चाडै अर्को चलचित्र निर्माण गर्ने बताएकी छिन् ।

चलचित्रलाई नायिका सीता लामाले निर्देशन गरेकी हुन भने प्रकाश मोक्तानको कथा लेखनमा तयार भएको हो । चलचित्रमा सुजिना गोले, पुसन लामा, बिकास स्याङतान, अर्जुन लामा, बुद्ध लामा, अमर लामा, गोकुल तामाङ, चन्द्र लामा,गोर्खा घिसिङ, अरुन लामा लगायत थुप्रै कलाकारहरुको अभिनय देख्न सकिन्छ ।