भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ६४ जना कोरोना संक्रमित फेला

  • प्रकाशित मिति : November 23, 2021
  • धनसञ्चार

 

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ६४ जना कोरोना संक्रमित फेला परेका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा १२ हजार ५१० जना संक्रमणमुक्त भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ ।

त्यहाँ सकृय संक्रमितको संख्या १ लाख २३ हजार ५०७ मा झरेको छ ।

कुल संक्रमितको संख्या ३ करोड ४५ लाख २३ हजार ९६५ पुग्दा ३ करोड ३९ लाख ३४ हजार ५४७ जना निको भइसकेका छन् ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने ४ लाख ६५ हजार ९११ छ ।