भोलिका दिनमा सहमतिका साथ जान तयार छु : मुख्यमन्त्री राई

  • प्रकाशित मिति : November 17, 2021
  • धनसञ्चार

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले संसदमा सत्तापक्ष र प्रतिपक्ष भएपनि मिलेर काम गर्ने बताएका छन् । बुधबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै विगतका तितामिठा कुरा मिलाउँदै भोलिका दिनमा सरकारले सहमतिका साथ जान आफु तयार रहेको बताए ।

 

‘भोलिका दिनमा सत्तापक्ष प्रतिपक्ष नभनी जान तयार छु’ मुख्यमन्त्री राईको भनाइ छ । अहिले मुख्यमन्त्रीको प्रस्तावमाथि छलफल सुरु भएको छ ।