न्यायालयमा भइरहेको विवादमा सरकार मुख दर्शक हुन मिल्दैन : नेता सिंह

  • प्रकाशित मिति : November 17, 2021
  • धनसञ्चार

मोरङ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको विवादमा सरकार मुख दर्शक हुन नमिल्ने बताएका छन् ।

आज (बुधवार) विराटनगर विमानस्थलमा पत्रकारसँग नेता सिंहले न्यायालय स्वतन्त्र निकाय भए पनि त्यहाँ विवाद भएमा विधिसम्मत तरिकाले समाधान गर्नुपर्ने बताए ।

एक-दुई जना व्यक्तिका कारण सिङ्गो न्यायालयलाई नै विकृत बनाउन नहुने उनको भनाई छ ।

शेरबहादुर देउवाको नेतृत्व असफल भएकाले कांग्रेसलाई जनताले विश्वास गर्न छाडेको भन्दै उनले अब नेतृत्व परिवर्तन जरुरी भएको बताए ।

पार्टीको आगामी महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने समेत उनले दोहोर्‍याएका छन् ।