राम लक्ष्मणको जोडि भए खुल्ला ब्याडमिन्टन टुर्नामेन्टको च्याम्पियन

  • प्रकाशित मिति : October 31, 2021
  • धनसञ्चार

कात्तिक १२ र १३ गते ताङ्लेकोट व्याडमिन्टन क्लव नयां गाउं पोखराले आयोजना गरेको प्रथम चार भाई खुल्ला बि लेभलको व्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै धादिङबेसीका राम मल्ल ठकुरी र लक्षमण मल्ल ठकुरीको  जोडी प्रथम भएको छ ।   

धादिङबेसी सदरमुकाम स्थित एड्भान्स एकडेमीमा पढ्दा भलिबलमा उत्कृष्ट प्रदर्शन गर्ने राम र लक्ष्मण ठकुरी (दाजुभाई) विद्यालय स्तरीय पढाई सकिय सँगै ब्याडमिण्टन खेल्न थाले । जिल्ला सदरमुकाममा जिल्ला स्तरीय खेलाडी सँग नियमित रुपमा खेल्ने मौका पाएसँगै यी दाजु भाई पछिल्लो समय जिल्लामा उदाउँदो ब्याडमिण्टन खेलाडीको रुपमा आफुलाई प्रस्तुत गर्न थालेका छन् । 

खेल भने पछि खेल्न जता पनि पुग्ने यी दाजुभाईको जोडीले प्रथम बन्दै नगद ४० हजार ट्रफी र मेडल जित्न सफल भएका छन् ।