युथफोर्स उपप्रमुख पुष्पराज श्रेष्ठको सम्बोधन, जस्ले सिन्धुली माओवादीमा तरङ्ग ल्यायो

  • प्रकाशित मिति : October 7, 2021
  • धनसञ्चार

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष एवं युथफोर्स उपप्रमुख पुष्पराज श्रेष्ठले राजनीतिको खोल ओडेर गैर कानुनी र अपराधिक गतिविधिमा संलग्न रहेको भन्दै नेकपा माओवादीका नेता तथा प्रदेश सांसद राजन दाहालको भण्डाफोर गर्न युवाहरुलाई अपिल गरेका छन्।

राष्ट्रिय युवा संघ नेपाल र अनेमसंघ हरिहपुरगढी गाउँपालिका स्तरीय बृहत भेलालाई सम्बोधन गर्दै श्रेष्ठले भने,” राजनीतिक पार्टीको झण्डा दुरुपयोग गर्दै सुनकोसी नदीको गिट्टी / बालुवा, मरिण खोलाको बालुवा अवैध ढंगले निकासी गरी अरबौँ मुल्य पर्ने प्राकृतिक सम्पदाको दोहन गर्ने गरेको आरोप लगाएका छन्।”

सम्बोधनको क्रममा श्रेष्ठले आफू राजन दाहालले गरेका सबै अपराधिक गतिविधिबारे जानकार रहेको भन्दै उनका कुकर्म बारे जनतालाई सुसुचित गर्न युवा संघ हरिहरपुरगढी गाउँपालिका कमिटीलाई आग्रह गरेका छन् । दाहालले गरेका अपराधीक गतिविधिबारे जनतालाई बताउँदा एमाले कार्यकर्ता माथी धम्कि दिएमा आफै मैदानमा आएर सुरक्षा दिने समेत प्रतिवद्धता जनाए ।

दाहाल दादागिरिबाट सिन्धुलीलाई मुक्त गराउने संकल्प गर्दै नेता श्रेष्ठले भने,” उनको भण्डाफोर गर्दा सिन्धुली जिल्लामा एमाले नेता तथा कार्यकर्ता माथी धम्कि र आक्रमण गरेमा एक घण्टा भित्रमा देशभरका युवा संघ र युथफोर्सका साथीहरू सिन्धुली झिकाएर प्रतिकार गर्ने भएकाले ढुक्कसँग आफ्नो गतिविधि संचालन गर्न आग्रह गरे।”

नेता श्रेष्ठको भाषणपछि सिन्धुली माओवादीमा तरङ्ग सिर्जना भएको छ। नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई ढुङ्गा लडाएर बाटो छेक्न प्रयास गर्ने माओवादी नेता राजन दाहालले सिन्धुलीको एउटा कार्यक्रममा तत्कालीन युथफोर्स प्रमुख तथा एमाले केन्द्रिय सदस्य महेश बस्नेत लगायतको टिमलाई तित्तरबित्तर पारेपछि सिन्धुली जिल्लामा राजन दाहाललाई शक्तिशाली नेताको रुपमा बुझ्ने गरिएको छ।

माओवादी पृष्ठभूमिबाट अहिले युवासंघको उपाध्यक्ष तथा युथफोर्स उपप्रमुखको जिम्मेवारी पाएका पुष्प श्रेष्ठको भाषणपछि स्थानीय माओवादी कार्यकर्ताहरुले नाम उल्लेख नगरी सामाजिक संजालमा नकारात्मक टिप्पणी गरेका छन् भने एमालेका स्थानीय नेता कार्यकर्ता मौन बसेका देखिन्छन्।