गायक अनेस्ट बोम्जनको मन छुने गीत ‘तिमी बिना’ बजारमा

  • प्रकाशित मिति : October 5, 2021
  • धनसञ्चार

काठमाडौँ । गायक अनेस्ट बोम्जनको ‘तिमी बिना’ बोलको गीत बजारमा आएको छ । गीतलाई पारीजात नेपालको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो ।

श्रीजना स्यङ्तानको शब्द, आर बि लामाको संगीत र संगीत संयोजन रहेको उक्त गीतलाई कर्साङ लामाले मिक्सिङ गरेका हुन । भिडियोलाई गंगाराम राइले छायांकन,सम्पादन र र कलर गरेका हुन ।