डिसी मगरको स्वरमा ‘माइखोलाको पानी’, कृष्ण बहादुर बस्नेत र सोनियाको अभिनय

  • प्रकाशित मिति : October 1, 2021
  • धनसञ्चार

काठमाडौँ । मोडल कृष्ण बहादुर बस्नेत र सोनिया लामा अभिनित ‘माइखोलाको पानी’ बोलको गीत बजारमा आएको छ । धनेन्द्र याम्पा राइले लेखेको शब्दलाई कैलाश राइले संगीत र डिसी मगरले स्वर भरेका छन ।

मोडल कृष्ण बहादुर बस्नेतले भने भिडियोमा मेहनत गरेको र दर्शकले मन पराउनेमा विश्वासत रहेको बताए ।

गीतलाई सञ्जय हमालले संगीत संयोजन, सुवास राइले मिक्सिङ गरेका हुन ।

प्रेम लामाले छायांकन, राज महर्जनले कोरियोग्राफी, टेकेन्द्र शाहले सम्पादन र कलर गरेको उक्त म्युजिक भिडियोलाई टेकेन्द्र कार्कीले निउर्देशन गरेका हुन ।