धादिङमा रामचन्द्र पौडेल पक्ष हाबी, धेरै ठाउमा पौडेल पक्षको विजय

  • प्रकाशित मिति : September 11, 2021
  • धनसञ्चार

धादिङ । नेपाली कांग्रेसको आसन्न महाधिवेशन नजिकिदै जाँदा धादिङमा सम्पन्न १०४ वडाको अधिवेशनमा पौडेल पक्षले ६५ प्रतिशतका हाराहारीमा जीत हासिल गरेको छ ।

१०३ वडाको अधिवेशन पूर्ण सम्पन्न भइसकेको भएपनि ज्वालामुखी गाउँ पालिकाको वार्ड नं. ४ मा क्षेत्रीय प्रतिनिधिको लागि भोलि निर्वाचनको मिति तय भएको छ । सभापति श्रीराम शाह सहितको प्यानल भने निर्विरोध विजयी भइसकेको छ ।

धादिङमा सभापति शेरबहादुर देउबा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच तीब्र प्रतिस्पर्धा छ । वरिष्ठ नेता पौडेल समूहमा पूर्व सांसद रामनाथ अधिकारी , जिल्ला सभापति रमेश धमला , संघीय सभापति कृष्ण रिजाल , महाधिवेशन प्रतिनिधि विश्व अर्याल , प्रभात किरण सुवेदी ,हरि अधिकारी ,बासु तिमल्सिना ,विनोद तिमल्सिना ,फडिकान्त छत्कुली ,भक्त लामा ,जिवनाथ ढकाल ,शरद अधिकारी ,नन्दलाल श्रेष्ठ ,सुरज उप्रेति ,गोपि रिमाल ,उर्मिला थपलिया लगायतका नेताहरुले नेतृत्व गरिरहनु भएको छ ।                                                                    सभापति देउबा समूहमा नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गाना , दिलमान पाख्रिन, शीवराज अधिकारी , रामकृष्ण अधिकारी , माधव राज पाण्डे ,डा. राजाराम कार्की ,हरिराम बुर्लाकोटी ,कल्पना अधिकारी ,तिलक रुवाली ,धुर्व थपलिया ,मधु कुमार श्रेष्ठ ,श्याम सुवेदी ,ईन्द्र कंडेल ,रबि सुदन थापा ,कबिता ईटनि ,ज्ञानेन्द्र सिल्वाल लगायतका नेताहरूले नेतृत्व गरिरहनु भएको छ ।

कुल ६५४ जना क्रियाशील सदस्य रहेकोमा वडा अधिवेशनमा क्रियाशिल सदस्य तानातान देखिएको छ । दुबै समुहका नेताहरु भाद्र २७ गते हुने पालिका स्तरीय अधिबेशनमा केन्द्रित भएका छन् ।