किरण माइकल घिमिरेको सङ्गित निर्माणमा नया म्युजिक भिडियो सार्वजनिक

  • प्रकाशित मिति : September 10, 2021
  • धनसञ्चार

किरण माइकल घिमिरेको सङ्गीत निर्माणमा एलिना चौहान र नील पुनः को स्वर समावेश म्युजिक भिडियो ‘निर्मोही मायालु’ सार्वजनिक भएको छ । उक्त गीतमा शब्द र सङ्गीत गायक पुनको रहेको छ।



गीतको भिडियोमा मोडल द्वय सुधिर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन् भने मानवी श्रेष्ठ, सोनी पुनः र रीमा पाइजालाई सहायक भुमिकामा प्रस्तुत गरिएको छ ।

उत्सव दाहालले छायांकन गरेको भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् । कोरियोग्राफी प्रमोद भण्डारीको छ भने सम्पादन विकास दाहालले गरेका छन् । भिडियोलाईसुरेन्द्र थापाले निर्माण गरेका हुन् ।