सुदूरपश्चिममा एकै दिन १८ जनामा कोरोना सङ्क्रमण

  • प्रकाशित मिति : August 23, 2021
  • धनसञ्चार

सुदूरपश्चिम प्रदेशमा आज सोमबार एकै दिन १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार ७७४ जनामा गरिएको कोरोनाको नमूना परीक्षणमा १८ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।पछिल्लो केही दिनयता सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणका बिरामी बढ्दै गएको पाइएकाले सावधानी अपनाउन निकै जरुरी भएको स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएको पाइएको छ, सबैले सावधानी अपनाउन जरुरी भएको छ ।”

निर्देशनालयका अनुसार प्रदेशभरि आजै ५१ ज्ना कोरोना सङ्क्रमण मुक्त भएका छन् । कोरोना सङ्क्रमणका लागि यहाँका नागरिकले सामाजिक दूरीलगायत अन्य स्वास्थ्य मापदण्ड नअपनाएका कारण जोखिम दैनिक बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ ।