मिलन खनालको ‘ए कान्छी’ मा पुष्पराज,सुस्मा र लक्ष्मणको अभिनय

  • प्रकाशित मिति : August 22, 2021
  • धनसञ्चार

काठमाडौँ । गायक इलोड खनालको आवाजमा ‘ए कान्छी’ बोलको गीत सार्वजानिक भएको छ । उक्त गीत निफा टिभीबाट सार्वजानिक गरिएको हो ।

सोम कुस्कुमाझीले लेखेको उक्त गीतलाई सन्तोष प्रगाढले संगीत, सागर थापाले मिक्सिङ गरेका हुन ।

भिडियोमा पुष्पराज पौडेल,सुस्मा चेपाङ र लक्ष्मण श्रेष्ठ अभिनित उक्त म्युजिक भिडियोलाई इलोड खनालले कोरियोग्राफी, सोम कुस्कुमाझीले छायांकन र कथा, मिलन खनालले निर्माण, लक्ष्मण श्रेष्ठले निर्देशन गरेका छन ।

भिडियोलाई सम्पादन र कलर गंगाराम राइले गरेका हुन ।