रौतहटको चपुरमा दुई समूहबीच झडप, १० जना घाइते

  • प्रकाशित मिति : July 9, 2021
  • धनसञ्चार

रौतहट । जग्गाको विषयमा रौतहटको चपुरमा दुई समूहबीच झडप हुँदा १० जना घाइते भएका छन्।

पहिलेदेखि नै रिसइबी रहेको र स्थानीय श्रीराम चौधरी र गाउँलेको बीचमा झडप भएको प्रहरीले जनाएको छ। झडपको क्रममा जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घर तोडफोड भएको छ ।

गाउँलेले सार्वजनिक जग्गा भने पनि श्रीराम चौधरीले आफ्नो नाममा बनाएपछि गाउँलेले उनलाई बहिष्कार गरेका थिए।

बिहीबार धान रोपाइ सकिएपछि गाउँलेले भोज गरिरहेको ठाउँमा श्रीरामले १० वटा मोटरसाइकलमा बाहिरबाट युवाहरु लिएर गएपछि झडप भएको हो।

रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले दिएको जानकारी अनुसार झडपमा घाइतेको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।