राष्ट्रिय युवा संघ नेपालद्वारा सिन्धुपाल्चोकमा २० लाख बराबरको राहत सामग्री वितरण

  • प्रकाशित मिति : June 17, 2021
  • धनसञ्चार

 ३ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको टोली करिव २० लाखको राहत सामाग्रीसहित सिन्धुपाल्चोकको मेलम्चीलगायतका बाढि पहिरो प्रभावित क्षेत्रमा आज वितरण गरिएको छ।

दुई दिन अघि बाढी र पहिरोका कारण ठूलो मात्रामा भौतिक तथा मानविय क्षती भएको स्थान मेलम्चीको लागि संघको टोलीले राहत सामाग्री, विभिन्न स्वास्थ्य सामाग्री तथा बन्दोवस्तीका सामाग्रीहरु सहित अहिले मेलम्ची, हेलम्बु तर्फ गएको छ । उक्त टोलीलाई एमालेका केन्द्रीय सदस्य तथा संघका इन्चार्ज महेश बस्नेतले संघको टोलीलाई विदाई गर्नुभएको थियो।                                          एमालेका केन्द्रीय सदस्य तथा संघका इन्चार्ज महेश बस्नेतको विशेष पहलमा भक्तपुरबाट रु पाँच लाखको सामाग्री तथा अन्य विभिन्न जिल्ला तथा सहयोगी संस्थाहरुबाट संकलीत करिव रु २० लाख वरावरको राहत, स्वास्थ्य तथा वन्दोवस्तीका सामाग्रीहरु लिएर संघको टोली मेलम्ची गएको थियो । भक्तपुरबाट संकलित उक्त रु पाँच लाखको सामाग्रीहरु संघका संघका सचिवालय सदस्य तथा भक्तपुरका संयोजक राजु लबन्जर,सचिवालय सदस्य दिनेश थापा, दिपेश खड्कालगायतले संघका अध्यक्ष किरण पौडेल, उपाध्यक्ष क्षितीज थेवे, संजिव कुमार झा, असोक चौलागाई, उर्मिला सुनुवार तथा महासचिव रमेश आचार्यलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।                                                भक्तपुरमा रहनुभएका संघका पदाधिकारी तथा जिल्ला कमिटीको तर्फबाट मृतकका परिवारलाई रु ४५ हजार नगद रकम सहित संघको जिल्ला कमिटीले करिव रु पाँच लाख वरावरको सामाग्रीहरु संघका संघका अध्यक्ष पौडेललाई संघको केन्द्र्रीय कार्यालय नयाँ बानेश्वरमा हस्तान्तरण गरिएको थियो ।                                   पिडितलाई राहत तथा उद्धारको लागि विहानदेखी नै हेलिकप्टरको समेत प्रयोग गरिएको थियो। जसको मुख्य नेतृत्व स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले गरिरहनुभएको थियो । मन्त्री तामाङले घटनास्थलमा नै पुगी त्यहाँको वस्तुस्थितीको वारेमा जानकारी लिई आवश्यक कदमको बारेमा स्थानीयवासी, प्रशासन तथा सरोकारवाला निकायसँग छलफल गरी आवश्यक कदम चालिएको बताइएको छ । जसले गर्दा हाल उद्धार तथा राहतका कार्यक्रमहरु व्यापक मात्रामा गरिएको छ ।