सिन्धुपाल्चोकलाई अलाइभ ग्लाइडरले गरे सहयोग

  • प्रकाशित मिति : June 16, 2021
  • धनसञ्चार

कोरोनाको दोस्रो लहरले अक्रान्त परिरहेको यो कठिन समयमा असार लागे सङ्गै फेरि बाढी र पहिरोले पनि दुखदिन सुरु गरिसकेको छ ।हिजो मात्रै अविरल वर्षाको कारण देशको विभिन्न स्थानमा बाढी पहिरो जान थालेको छ ।यसको मारमा बर्सेनि लाखौ मानिसहरु परेका छन ।                                                              सिन्धुपाल्चोक  यस्तो ठाउँ हो जहा हरेक बर्ष बाढी पहिरोले अत्याधिक दुख दिने गर्दछ।यो वर्षको वर्शायाम सुरु हुने बित्तिकै फेरि बाढी पहिरो सुरु भैसकेकोछ।                                                                    हिजोको बाढी पहिरोले सिन्धुपाल्चोकलाइ अन्धकार तिर धकेल्न सुरु गरिसकेको छ यसै क्रममा युवा व्यवसायी तथा नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य  अलाइभ ग्लाइडर (किसन राई ) ले ५० हजार बराबरको टर्च लाइट किनेर सिन्धुपाल्चोकलाई  सहयोग स्वरुप पठाइदिएका छन।