आज ३ हजार ८२ जना संक्रमणमुक्त

  • प्रकाशित मिति : June 16, 2021
  • धनसञ्चार

२ असार । आज नेपालमा कोरोना भाइरसका  ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् भने २ हजार ८ सय २८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख १५ हजार ३० सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ५ लाख ५३ हजार ५ सय २१ जना संक्रमणमुक्त भएका छन् । आज १३ हजार २२ जनाको परीक्षणबाट ८६ सय ८७ जनाको पिसीआर विधि र ४३ सय ३५ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।