सरकारमा जान बामदेव गौत्तमलाई संम्वैधानिक् उल्झन

  • प्रकाशित मिति : September 21, 2020
  • Dhan Sanchar

असोज । नेपाल कम्युनिस्ट पार्टीको आइतबार बसेको सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमको सरकारमा सहभागी हुने विषयमाथि समेत बहस भयो । गौतमलाई सरकारमा लानुपर्ने पक्षमा सचिवालयका ७ जना स्पष्ट देखिए । तर, बामदेवलाई सरकारमा लान खोजिए आउने संवैधानिक जटिलताको विषय उठ्यो ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेवलाई सरकारमा लाँदा संविधान बाधक बन्न सक्ने विषय औल्याएको विश्वस्त स्रोतले बताएको छ । ओलीले बामदेवलाई सरकारमा लान आफू तयार रहेको र संविधानमा तत्कालको प्रधिनिधिसभा चुनावमा पराजित व्यक्ति सोही प्रतिनिधिसभा अवधिभर मन्त्री बन्न नसक्ने बुँदा अवरोध बन्ने विषय औल्याएका थिए । अर्का सचिवालय सदस्य इश्वर पोखरेलले पनि त्यही विषय उठाएको बुझिएको छ ।



तर, अर्का अध्यक्ष प्रचण्डको धारणा फरक रहेको थियो । उनले बामदेवलाई सरकारमा लानुपर्ने विषय राखे । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पनि बामदेवलाई सरकारमा लान मिल्ने तर्क गरे । सचिवालयका अन्य सातजनाले यसो भनेपछि बामदेवको सरकारमा सहभागी हुने विषय नेकपा सचिवालय बैठकमा बहसकै विषय बन्यो ।

बामदेवको सरकारमा सहभागिताको पक्षमा उनीसहित सचिवालयका सातजना रहेपनि संवैधानिक जटिलताको विषय भने छँदैछ । संविधानमा स्पष्ट लेखिएको विषयमा बामदेवमाथि चुनौती भने बन्न सक्छ । प्रधानमन्त्री ओलीले पनि बामदेवलाई सरकारमा लान चाहेको तर संविधानको विषय देखाएकाले यो विषय गम्भीर बन्ने छाँटकाँट देखिएको छ ।