अमेरिकामा व्यापार व्यवसायको लागि १० उत्तम राज्यहरु

  • प्रकाशित मिति : September 13, 2020
  • विदुर पाठक,अमेरिका
अमेरिकामा व्यापार व्यवसायको गर्नका लागि उत्तम राज्य-ठाउँहरु छान्दै हुनुहुन्छ र हेर्दै हुनुहुन्छ भने तपाइहरुका लागि आजको सानो लेख मार्फत सजिलो बनाइ दिएकोछु।
प्रख्यात आर्थिक पत्रिका फोर्ब्स भन्छ अमेरिकामा व्यापार व्यवसायको लागि सबैभन्दा उत्तम राज्य भनेको नर्थक्यारोलिना नै हो। पहिलो राज्य नर्थक्यारोलिना पछि व्यवसायको अर्को उत्तम राज्य भनेको टेक्सास रहेको उक्त पत्रिका बताउँछ​।
तेश्रो राम्रो राज्यको रुपमा युटाहा, चौथोमा भर्जिनिया, पाँचौमा फ्लोरिडा, छैटौमा जर्जिया राज्य रहेको छ व्यापार व्यवसायको राम्रो राज्यहरुमा।
त्यसैगरि सातौमा टेनेसि, आठौमा वाशिङ्टन राज्य, नवौमा कोलोराडो र दशौ राज्यमा आइडाहो रहेको छ​।
यि राज्यहरुमा व्यवसाय गरि आय आर्जन र मुनाफाका लागि उत्तम मानिन्छ​। एघारौमा नेब्रास्का, बार्हौमा इन्डियाना, तेर्हौमा नेभाडा, चौधौमा साउथ डाकोटा, सोर्हौमा साउथ क्यारोलिनामा छन भने अठ्ठाइसौ नम्बरमा न्युयोर्क र एकतिसौ नम्बरमा क्यालिफोर्निया रहेको छ​।
धन संचार सम्बातदाता !