तपाँइ अमेरिकि कुनै पनि सडकमा गाडी हाँक्दै हुनुहुन्छ। कथमकदाचित कुनै पनि पुरुष वा महिला मध्ये सडक, सडकको साइडमा बसि हातको बुढि औला तेर्स्याएर बसेको देख्नु भयो भने तपाइ के गर्नु हुन्छ?
यसरि सडकको किनारा वा साइडमा बसि, उभिएर वा हिडदाहिड्दै बुढि औला तेर्स्याउनुको कारण तपाइलाइ थाहा छ त?
यसको मतलब तपाइसङ्ग उसले वा उनले तपाइकै बाटो तर्फ राइड अर्थात तपाइको गाडीमा ठाउ दिएर पुर्याइदिन बिनम्रता पुर्बक अनुरोध गर्दैछ तपाइसङ्ग। तपाइको गाडीमा राइड लिएर कहि कतै सम्म ओरालिदिन वा कहि कतै तपाइको बाटो तर्फ जाने सकेत गर्यो।
अब के गर्ने त गाडी साइडमा रोकेर चढाइदिने अर्थात राइड दिने कि नदिने त?
यस्तो अबस्थामा सकेसम्म राइड नदिनु। को मानिस कस्तो भन्ने तपाइलाइ थाहा छैन, तपाइ उसलाइ वा उनलाइ चिन्नु पनि हुन्न र उसले डलर दिएर वा सित्तैमा तपाइसङ्ग कहि पुर्याइदिन गरेको हातको सकेत अनुरोध मान्नै पर्दछ भन्ने पनि छैन। कुनै पनि हालतमा यस्तो अबस्थामा बुद्दि पुर्याउनुहोस र राइड दिने काम नगर्नु होला। त्यस्ता मानिस अपराधि पनि हुनसक्दछ। बाटोमा तपाइलाइ छुरा, बन्दुक देखाएर लुटिदिन सक्दछ। तपाइसङ्ग कुनै हिसाबले बार्गेनिङ्ग गरि डलर थुत्न सक्दछ। महिला परे तपाइलाइ कानुनि रुपमा ब्लेम लगाइ फसाइदिन सक्दछ। गाडीमा तपाइलाइ अपहरण, बलात्कार कुनै सेक्सुअल हर्यासमेन्टमा जाकिदिन सक्दछ।
यसको अलावा राइड दिएका यस्ता मानिससङ्ग तिनका साथमा कुनै प्रकारका लागु पदार्थ रहेछ कथमकदाचित प्रहरिद्वारा सोधपुछ, खानतलासि र सोधपुछमा तपाइले राइड दिएको मानिस गाडीमै छ भने उक्त लागुऔषधको कानुनि भागिदार तपाइ पनि बन्नुहुनेछ। बिनाकारण तपाइलाइ हर्ट गर्न सक्दछ त्यसैले नचिनेका, अन्जानका मानिसलाइ राइड दिएर फस्ने काम कदापि नगर्नुहोला अमेरिकामा।
कथमकदाचित तपाइ आफुलाइ सडकमा आफ्नो गाडी बिग्रियो वा कुनै कारणबस गाडि चलाउन सक्नु भएन भने ९११ कल गरि प्रहरिको सहायता माग्नुहोला। उनिहरुले तपाइलाइ सहयोग गर्नेछन। साथमा आफ्ना भाइसाथि वा आफन्त पनि बोलाउन सक्नुहुन्छ राइडका लागि। अन्यथा तपाइको इन्सुरेन्समा रोडसाइड सहायता तपाइको अटो पोलिसिमा थप्न लगाइ सडकमा राइड आबश्यक भए रोड एसिस्टेन्टको सहायता लिन सक्नुहुनेछ। यसका लागि आफ्नो रोड एसिस्टेन्ट, आफ्नो इन्सुरेन्सको कपि वा सम्पर्क फोन नम्बर साथमै राख्नु हरदम।
तर, सडकमा फ्युल तेल सकिएर बसेका मानिस, घाइते भै बसेका मानिस वा गाडी बिग्रेर बसेका मानिस, बच्चा र तिनका बा आमाका लागि ठाउ हेरेर, घटनाको परिस्थिति हेरि राइड दिन सकुहुनेछ तर यो भन्दा पनि आफैले प्रहरि बोलाइदिएर सहयोग गरेको सबैभन्दा बुद्दिमानि हुनेछ। बि केयरफुल।