२७ भदौ । सिन्धुलीको मरिण गाउपालिकाले बिभिन्न लक्षित बर्गहरुलाई निशुल्क औषधी वितरण कार्यक्रम तथा खोप र गाउँघर क्लिनिक बिषयमा योजना तथा गत बर्षको बिनियोजित कार्यक्रमको बारेमा समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
मरिण गाउँपलिकाका अध्यक्ष पानिराज बम्जनको अक्ष्यतामा सम्पन्न उक्त समिक्षा तथा योजना निर्माण कार्यक्रमले गाउँपालिका भित्र रहेका बिभिन्न लक्षित बर्गहरुलाई निशुल्क औषधी उपचारमा सहयोग गर्ने बताईएको छ ।
गत बर्ष १९ लाख रुपैया बजेट बिनियोजन गरि कार्यक्रमलाई तिब्रता दिईएको थियो भने यस बर्ष ३५ लाख बजेट बिनियोजन गरि गाउँपालिका भित्र रहेका द्धन्द्ध पिडित, अपाङ, असहाय, गरिब, बृद्धहरुलाई निशुल्क रुपमा औषधी बितरण पारदर्शी तवरले गर्ने जनाएको छ ।
आज मरिण गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यकारी प्रमुख सहित बिभिन्न वडाका अध्यक्षहरु र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।