लिग च्याम्पियन पिएसजीलाई पहिलो खेलमा नै झट्का

  • प्रकाशित मिति : September 11, 2020
  • Dhan Sanchar

२६ भदौ । पहिलो रोजाईका ७ खेलाडीविनै मैदानमा उत्रिएको पिएसजी फ्रेन्च लिग वानको नयाँ सिजनको पहिलो खेलमै पराजित भएको छ । गत सिजनको च्याम्पियन पिएसजीलाई लेन्सले आफ्नै मैदानमा १–० ले हराएको हो ।

पहिलो रोजाईका खेलाडीहरु नेयमार, केलियन एमबाप्पे, एन्जल डि मारिया, केलर नाभास, मार्किन्हस, मोउरो इकार्डी र ड्यानियल पाराडेसलाई कोरोना संक्रमण पुष्टि भएपछि पिएसजी दोस्रो रोजाईका खेलाडी लिएर खेल्नु परेको थियो ।



पहिलो हाफ गोलरहित बराबरीमा सकिएको भएपनि दोस्रो हाफको ५७औं मिनेटमा गोलरक्षकको गल्तीमा गोल खान पुग्दा पिएसजी खेलमा १–० ले पछि परेको थियो । घरेलु टोलीका लागि इग्‍नाटियस गनागोले गोल गरेका थिए ।